काठमाडौँ — साफ यू-१५ च्याम्पियनसिपमा नेपालकी वर्षा ओलीले बिहीबार खेल सुरू भएको २५ सेकेण्डमै गोल गरेकी छिन् । बंगलादेशमा भइरहेको प्रतियोगितामा वर्षाले भुटानविरुद्ध २५ सेकेण्डमै गोल गरेकी हुन् । उनले कप्तान दीपा रोकायले दिएको पासमा गोल गरेकी हुन् । प्रतियोगितामा नेपालसहित भुटान र बंगलादेश गरी तीन टिमको मात्र सहभागीता छ ।
यसअघि भएको पहिलो खेलमा भुटानमाथि बंगलादेशले ८-० गोलको जित निकालेको थियो । प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । त्यसपछि ९ नोभेम्बरमा फेरि भुटान र ११ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ। तीन टिमले एकआपसमा दुई पटक भिडेपछि सर्वाधिक अंक जोड्ने टिम च्याम्पियन हुनेछ ।
प्रतिक्रिया