काठमाडौँ – १५ वर्षदेखि जेलजीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले मृत्युदण्ड दिएको छ । नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै साउदी अरबको सरकारले दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो ।
दाहालको शवलाई परिवारको सहमतिबिनै दफन गरिएको छ । उनलाई मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको हो ।
दाहालले मोरङका आफन्त राजेन्द्र विष्टको सन् २००७ सालमा हत्या गरेका थिए । सो घटनामा घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो ।
साउदीसहित प्रमुख गन्तव्य मुलुकमा कम्तीमा १० नेपालीले मृत्युदण्डको सजाय पाइसकेका छन् । विभिन्न अपराधमा सजाय पाएका झन्डै ५ सय नेपाली जेलमा छन् ।
प्रतिक्रिया