Breaking

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

योहो संवाददाता

काठमाडौँ — सन्दीप लामिछानेविरुद्धको अभियोगमा आज बुधवारदेखि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाण्डौ जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिएका छन् ।

जबरजस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न नसकेको उनको दाबी छ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेबारेमा पनि वकालत गरेको उनले बताए ।

सापकोटाले आफूहरूले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको पनि बताएका छन् । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा जोड दिएको बताए ।

काठमाडौँ जिल्ला अदालतसमक्ष हामीले दुई वटा विषयवस्तु जोडदाररूपमा उठायौँ । जबरजस्ती करणी भयो भनेर अभियोग आएको छ, त्यो अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजन पक्षले पेस गर्न सकेको अवस्था छैन भन्ने विषय हामीले उठायौँ । पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर कुनलाई मान्ने जन्मदर्तालाई मान्ने वा नागरिकतामा भएको उमेरलाई मान्ने किनभने नागरिकता पछि बनेको कागज भयो ।

जन्मदर्ता मौकामा बनेको कागज भयो । नागरिकता बनाउँदा पछि जागिर खानलाई सजिलो हुन्छ भनेर घटाएर बनाउने आम प्रचलन छ । त्यसले गर्दा हाम्रो जोड जन्मदर्तालाई नै आधार मान्नुपर्छ भन्ने जोड रह्यो ।’