देश

भायानेट कम्युनिकेसनले आइपिओ जारी गर्ने

योहो संवाददाता

काठमाडौँ — सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर–टू–द–होम भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गर्न मद्दत गरेको बताइएको छ । सुस्त गतिको इन्टरनेटबाट आजित ग्राहकहरूका लागि कम्पनीले डेडीकेटेड र द्रुत गतिको इन्टरनेट प्रदान गरेर व्यक्ति तथा संस्थाहरूका लागि विभिन्न अवसरहरू खोलेको कम्पनीको दाबी छ ।

त्यस्तै सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आइपिटिभी सेवाहरूमध्ये एक ल्याएर आफ्नो इनोभेटिभ कम्पनीको परिचयलाई थप सुदृढ बनाएको छ । आइपिटिभी सेवाको सुरुवातले मुख्यतया केबल टेलिभिजनको प्रभुत्व रहेको समयमा ग्राहकलाई आधुनिक र उत्कृष्ट विकल्प प्रदान गरेको कम्पनीले बताएको छ । भायाटिभीले पज एन्ड प्ले, भिडियो अन डिमान्ड, क्याच–अप टिभी जस्ता सुविधा तथा सेवाहरूमार्फत नेपाली टेलीभिजनका ग्राहकहरूको मन जित्न सफल भयो ।

कम्पनीले नेपालमा रहेका आफ्ना सबै ग्राहकहरूलाई सर्वोत्तम मूल्यमा उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न आफ्ना सेवाहरूलाई निरन्तर रूपमा अपग्रेड गर्दै आएको छ । उपत्यका र सहर क्षेत्रमा बलियो रूपमा स्थापित भई सकेको कम्पनी अहिले देशैभर आफ्नो सेवा विस्तारको चरणमा छ ।

हाल देशका ३० सहरमा विस्तारित भइसकेको कम्पनीले आगामी दिनहरूमा अझ धेरै शहर तथा गाउँमा आफ्नो सेवा विस्तार गरी धेरै भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गर्ने विश्वास लिएको छ । नेपालमा अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा कम्पनीले व्यक्तिगत र व्यावसायिक उपयोगका लागि विभिन्न डिजिटल सेवाहरू प्रदान गर्दै आएको बताएको छ ।