देश

भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

योहो संवाददाता

काठमाडौँ — धादिङको त्रिपुरासुन्दरीमा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी खकुराल हिजो मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते भएका थिए ।

उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा त्यहीँ नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम खत्रीले जानकारी दिए ।