काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धरले आफ्नो लामो फिल्मी करिअरमा उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएको बताएकी छन् । सोमबार सरोज खनाल निर्देशित फिल्म ‘बगान’को शीर्ष गीत सार्वजनिक कार्यक्रममा उनले अवार्ड नपाएको गुनासो पोखेकी हुन् । मैले वानवे भन्ने फिल्ममा काम गरेको थिएँ। त्यसमा मेरो भूमिका अलि फरक र पृथक लागेको थियो। उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ। त्यसका लागि म हाई ममी, बाई ममी भन्ने भूमिका गर्न तयार थिइनँ।
ग्ल्यामर हिरोइनको छाप ममा छ, त्यसलाई कायम गर्नुपर्ने बाध्यता मलाई जहिलै रह्यो। यो फिल्ममा मैले सरोजलाई केही फरक गर्यौं भनेको थिएँ। करिश्मा मानन्धरले कहिल्यै पनि उत्कृष्ट अभिनेत्री भनेर अवार्ड पाइनँ। यत्रो लामो करिअर भयो, कहिल्यै पनि अवार्ड पाइनँ। जहिल्यै मेकअप र पहिरनमा ध्यान दिनुपर्ने बाध्यता रह्यो,’ उनले भनिन् ।


प्रतिक्रिया