काठमाडौँ — बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार उक्त कारमा रम्भासहित उनकी छोरी साशा र आया साशाको हेरचाह गर्ने थिए । दुर्घटनामा कारमा ठूलो क्षति हुनुका साथै रम्भाकी छोरी र आयालाई गम्भीर चोट लागेको छ । साशालाई अस्पतालमा भर्ना गरिएको छ ।
अभिनेत्री रम्भाले आफ्नो इन्स्टाग्राममार्फत दुर्घटनाबारे जानकारी दिएकी हुन् । हाम्रो कारलाई स्कुलबाट बच्चाहरू लैजाने बाटोमा अर्को कारले ठक्कर दियो । म छोरी र उसको आयासँग थिएँ । हामी सबैलाई सामान्य चोटपटक लागेको छ । मेरी सानी छोरी साशा अझै अस्पतालमा छिन् । उनको स्वास्थ्यको लागि प्रार्थना गर्नुहोस्,’ उनले लेखेकी छन् । उनले दक्षिण भारतीय र बलिउड फिल्ममा काम गरेकी छन् । उनले ‘जुडुवा, घरवाली बाहरवाली र क्यूकि मै झुठ नही बोलता’ जस्ता थुप्रै फिल्ममा अभिनय गरेकी छन् ।
प्रतिक्रिया