काठमाडौँ — काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । अन्दाजी ५५र५६ वर्षको पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । तर सनाखत हुन बाँकी छ । उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
प्रतिक्रिया