Breaking

यसपालिको भ्वाइस अफ नेपाल नारी नै हुनुपर्छ, फिमेल कन्टेस्टेन्टलाई पनि जिताऔं: हर्क साम्पाङ

योहो संवाददाता

काठमाडौँ —’द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा अहिले ब्याटल राउण्ड चलिरहेको छ । ब्याटल राउण्डको अन्तिम भाग यसै साता सकिंदैछ । ब्याटल राउण्डसम्म आइपुग्दा दर्शकले जितहारको मूल्यांकन गर्न थालिसकेका छन् । आफूलाई मनपर्ने प्रतिस्पर्धीको पक्षमा उनीहरुले धारणा राख्न थालेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि चौथो सिजनको विजेता नारी नै हुनुपर्ने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले कहिलेकाहीं महिला प्रतियोगीलाई जिताउनुपर्ने धारणा राखेका छन् । उनी लेख्छन्, ‘तिमीले खाएको कसम साँचो भएको भए । यसपालिको भ्वाइस अफ नेपाल चाहिं नारी नै हुनुपर्छ । कहिलेकाहीं त फिमेल कन्टेस्टेन्टलाई पनि जिताऔं न हो । कि कसो ?