देश

सर्लाहीमा निर्वाचन आचार संहिताको खुलेआम उलंघन


काठमाडौँ – सर्लाहीमा निर्वाचन आचार संहिताको खुलेआम उलंघन भइरहेको पाइएको छ ।

राजनीतिक दल तथा उमेदवारहरु लाउड स्पिकरको चर्को ध्वनीमा प्रचार बजाई रहेका छन् भने कतै छठ पर्वको बहानामा आआफ्नो क्षेत्रका मतदाताहरुलाई रिझाउन साडीहरु वितरण गरेर निर्वाधरुपमा निर्वाचन आचार संहिताको उल्लंघन गरिरहेका छन ।

४ वटा संसदीय निर्वाचन क्षेत्र रहेको सर्लाहीको अधिकांश उमेदवारहरुले यसरिनै गरिरहेको पाइएको छ ।