काठमाडौँ — जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ । व्यास नगरपालिका–५ पाटनबाट शनिबार दिउँसो झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा हात चुँडिएको प्रहरीले जनाएको छ ।
उनी दिदीका छोरासँग मोटरसाइकलमा सवार थिइन् । उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको प्रहरीले जनाएको छ । घाइते थापाकी छोरी र चालक भने सकुशल छन् । घाइते थापालाई दमौली अस्पतालमा प्राथमिक उपचार गरी हेलिकप्टरबाट काठमाडौं लागिएको छ ।
प्रतिक्रिया