Breaking

२ महिनाको अवधिमा चीनबाट १ लाख ८० हजारको किरा आयात


काठमाडौँ — चालू आर्थिक वर्ष २०७९/८० को २ महिनाको अवधिमा विदेशबाट १ लाख ८० हजार रुपैयाँको किरा आयात भएको भन्सार विभागले जानकारी दिएको छ । चालू वर्षको साउन र भदौ महिनामा विदेशबाट उक्त मूल्यको किरा आयात भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा कस्ता प्रकारका किरा आयात गरिएको भन्ने बारे भने खुलाइएको छैन । तर, ५० किलोग्राम बराबरको किरा आयात गर्दा सरकारलाई ४४ हजार रुपैयाँ बराबरको भन्सार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । नेपालमा आयात भएका सबै किरा चीनबाट भित्रिएका छन् ।