काठमाडौँ—आगामी मंसिर चार गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरुले चुनाव प्रचारलाई थप व्यापक बनाई रहेका छन ।चुनाव जित्नैपर्ने मानसिकता र दवावमा रहेका उनीहरुको चुनाव केन्द्रित तडकभडक यत्तिबेला चर्चाको विषय बनेको छ । अबको २३ दिनपछि एकै चरणमा संसदीय निर्वाचन हुँदैछ । उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घर–घर पुगिरहेका छन । मतदाता आकर्षित गर्न उनीहरुले अनेक प्रपञ्च रचिरहेका छन ।
राजनीतिकदल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार समेत सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म अनेक हत्कण्ड प्रयोग गरेरै भएपनि मतदाता मनाउने होडमा सक्रिय बनेका छन । समग्रमा सामाजिक सञ्जाल सबैको रोजाई बने पनि धूविकृत राजनीतिको चुनाव प्रचारको शैली पनि भिन्न–भिन्न देख्न सकिन्छ । चुनाव प्रचारमा सामाजिक सञ्जाल कति व्यापाक प्रयोग भएका छन टीटर ट्रेन्डिङमा रहेको नो लट अगेन अभियानका अवस्थालाई हेरे पुग्छ । समग्रमा स्वतन्त्रको घरदैलौ,ठुला दल र उम्मेदवारको चुनाव केन्द्रित कार्यक्रम रोचक छन । स्वतन्त्र उम्मेदवारहरु एक्लै वा केहि समुहमा मतदाताको घर धाइरहेका छन । स्थानीय चुनावमा युवासँग अन्तरक्रिया गर्न भ्याएका एमाले अध्यक्ष के.पिशर्मा ओलीले संसदीय चुनावमा कल केपि बा अभियान नै चलाएका छन । प्रतिपक्ष एमाले प्रविधिको भरपुर प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत चुनाव प्रचारलाई आक्रमक बनाईरहेका छन ।
नेपाली कांग्रेस,नेकपा माओवादी सहितका सत्ता गठबन्धनले प्रदेशस्तरी भेलामा व्यस्त छन । चुनाव प्रचारका सवालमा पुराना राजनीतिक दल र नेताहरुको नयाँ चुनाव प्रचारको शैली अझ रोचक छ । चर्चामा रहेका नेताहरु सामाजिक सञ्जालको भरपुर प्रयोग गरेरै भएपनि थप चर्चाको शिखरमा छन । पैसाको खोलो बगाएरै सामाजिक सञ्जालका अनेक विधा मार्फत जनतामाझ पुगिरहेका छन । जनजीविका सवालमा कहिल्यै जनताको घर नपुगेका नेताहरु चुनाव लागेर होला, जनताको घरमा जनतासँग चाडपर्व मनाउन भ्याए । लोकतन्त्रमा चुनावी प्रतिस्पर्धा,जीतहार स्वभाविक प्रक्रिया भएपनि नेताहरुले चुनावलाई प्रतिष्ठको विषय बनाउँदा जित्नैपर्ने दवाव दल र नेताहरुमा छ । चुनाव नजिकिँदै जाँदा नेताहरुको चुनावी चटक थप आक्रमक बन्नु स्वाभिक छ । जे होस्, पाका नेतादेखि भर्खरका नेतासम्मले चुनावी प्रचारमा अपनाएको शैली भने चर्चासँगै आलोचनको समेत शिकार बनेको छ ।
प्रतिक्रिया