कोरोना विशेष

थप १४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ—पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२४ वटा नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ६०५ पुगेको मन्त्रालयले जनाएको छ ।