काठमडौँ — हेटौंडा उपमहानगरपालिका –१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौं रुपैयाँको सामान नष्ट भएको छ ।
तरकारी बजारका होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ । तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया