काठमाडौँ — भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बनेसँगै यतिबेला विश्वभर उनको चर्चा चुलिएको छ । विश्वभरिका युवाका लागि हौसला र विश्वासका पात्र बनेका सुनकको सफलताले त नेपालमा युवा भनिएका नेता नै अब बुढा भइसकेको प्रष्ट हुन्छ । तर नेपाली राजनीतिमा भने बुढापाकाको एकछत्र दबदबा रोकिएको छैन । भारतीय मूलका ऋषि सुनक ४२ वर्षको उमेरमै बेलायतको प्रधानमन्त्री चयन भएसँगै यतिबेला उनको चौतर्फि चर्चा चुलिएको छ । विश्वभरिका युवाका लागि हौसला बनेका सुनकको सफलतासँगै नेपालमा युवा भनिएका नेताहरुलाई दाजोमा राखेर हेर्ने हो भने धेरैले विश्राम लिनु पर्ने हो ।
युवा नेतृत्वले विश्वका कैयन देश हाकि, समृद्ध बनाइरहँदा नेपाली राजनीतिको नेतृत्वमा भने बुढापाकाको दबदबा छ । आराम गरेर बस्ने समयमा पनि सकीनसकी उनीहरु नेतृत्वको दौडमा मरिहत्ते गरेर लागि परेका छन । तर अहः युवालाई नेतृत्व सुम्पिन पटक्कै तयार छैनन् । यतिमात्र होइन राजनीतिमा युवालाई अगाडि सार्ने उनीहरुका नारा नारामै सिमित छ । पाँच पटक प्रधानमन्त्री बनेका ७६ वर्षिय शेरबहादुर देउवालाई पनि फेरि छैटौं पटक पनि प्रधानमन्त्री मोहले छोडेको छैन । त्यसोत काँग्रेसभित्र आधा दर्जन बढी हेवी वेट नेताहरुले प्रधानमन्त्रीको दाबी गरिरहेका छन ।
महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइरालादेखि प्रकाशमान सिंहले पनि आफूलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याउने गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा लगातार चौथो पटक निर्वाचन जित्ने लक्ष्यका साथ चुनावी मैदानमा रहेका नेता प्रकाशमान सिंहले पनि मापदण्ड अनुसार कांग्रेसबाट प्रधानमन्त्री बन्ने पालो आफ्नो भएको दाबी गरिरहेका छन ।
त्यसो त राजनीतिक शक्ति सन्तुलनलाई हेर्दा कांग्रेसमा सभापति देउवालाई पाखा लगाएर प्रधानन्त्री बन्न अन्य नेताहरुलाई सहज भने देखिँदैन । टिकट वितरणमै हाली मुहाली गरेका देउवाले अन्य नेतालाई संसदीय दलको नेता बन्ने सम्भावनालाई टारेका छन् । विभिन्न नेताहरुले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा अथ्र्याउने गरे पनि पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई हेर्दा कांग्रेसभित्रबाट देउवाले नचाहेसम्म दोस्रो व्याक्ति प्रधानमन्त्री हुने सम्भावना झिनो देखिन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा उसैत कमै बोल्ने र कुटनीतिमा बढी विश्वास गर्ने व्यक्ति हुन । पार्टी खुम्चिएर निकै सानो सिटमा सिमित हुँदा पनि उनी कम्युनिष्टको फुटबाट प्रधानमन्त्री बन्न सफल भएका व्यक्ति हुन । अब पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दह्रो साथ पाएका देउवालाई प्रचण्डले रोकेनन् भने काँग्रेसका नेताले रोक्न सक्ने छनक देखिदैन । तर शेरबहादर देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने दौडमा रहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा छन । र उनै प्रचण्ड बेला बेला आफ्ना मनको बह सार्वजनिक मञ्चमा पोख्ने गर्दछन ।
यता आफू फेरि पनि प्रधानमन्त्री बन्ने उदेश्यका साथ गठबन्धनलाई चुनौनी दिदै चुनावमा होमिएका एमाले अध्यक्ष केपी शर्मा ओली आफनो विरासत फर्काउन चाहान्छन । अझ एमालेमा त अध्यक्ष ओली बाहेक कुनै नेताले पनि प्रधानमन्त्री बन्ने आट नै गर्न सकेका छैनन् । पार्टीभित्र बुढापाकाको एकछत्र राजले युवा पुस्ताले आट नै गर्न नसकेको प्रष्ट हुन्छ । उमेरले ७० नाघिसकेका बुढापाका पनि त्यो अवसर सुम्पिन तयार छैनन् । अन्य शक्तिशालि मुलकमा युवाले नेतृत्व हाकीसक्दा नेपाली राजनीतिमा भने बुढाको दबदबा रोकिएको छैन । जुन नेपाली राजनीतिका लागि नियति बनेको छ ।


प्रतिक्रिया