Breaking

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

योहो संवाददाता

काठमाडौँ— अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिनमा राती ९ बजे उक्त चोरीको घटना भएको हो ।

ललितपुर प्रहरी प्रवक्ता सुधीरराज शाहीका अनुसार ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुन चोरी भएको छ । उक्त नगद र सुन लक्ष्मीपूजा गर्न निकालिएको जनाइएको छ ।

अभिनेत्री कार्कीको परिवार डिनरको लागि बाहिर गएको मौका छोपेर चोर ट्वाइलेटको झ्याल हुँदै घरभित्र छिरेको हुनसक्ने प्रवक्ता शाहीले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहको छ ।