Breaking

तिहारमा ढकमक्क ढाका, व्यापारमा दश गुणा वृद्धि, यस्तो छ भाइटीका र ढाका टोपीको महत्व

योहो संवाददाता

कठमाडौँ — तिहार पर्वका अवसरमादिदीबहिनीले दाजुभाईलाई ढाकाका सरसमानउपहार दिने चलन पुरानो हो । हिन्दुधर्मवलम्बिहरुको दोस्रो ठुलो पर्व तिहार सुरु भएसँगै बजारमाढाका टोपिको व्यापार ह्वात्तै बढेको छ । ढाका टोपि नेपालीको पहिचानहो । शीरमा सजिने ढाका टोपिको मागअन्य समयमाभन्दातिहारमा बढि हुने गर्दछ । तिहार र ढाका टोपी एक अर्काको पर्याय नै बनेको छ । यतिवेलाउपत्यकाका ढाका पसलदेखि फुटपाथमा सिजनलव्यापारीहरुलाई ढाका टोपि बेच्नभ्याइनभ्याइ छ ।

नेपालीको पहिचानको परिचयबोकेको ढाका टोपिविशेषततिहारमाटिकाको दिन, दिदिबहिनीहरुले दाजुभाईलाई निधारमा सप्तरङ्गि टिका, शरिरमाफूलको माला र शिरमाढाका टोपिलगाई दिने परम्परा रहिआएको छ । तिहारमा ढाका टोपीलगाउँदामाइतीको मान प्रतिष्ठा बढ्छ भन्ने जनविश्वासअनुसार दिदिवहिनीले आफ्नादाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपीलगाईदिने प्रचलनछ ।

सप्तरङ्गी टीकासँगै शिरमा ढाका टोपीनभएमाशिरको शोभा नै नहुने भएकाले परम्परादेखि टोपीलगाउने प्रचलन रहेकाले पनि ढाका टोपीअनिबार्य जस्तै छ । अर्कोतर्फ टिका र मालाको साथै शिरमा ढाका टोपीलगाउँदा नेपालीपनझल्कने हुँदा ढाकाटोपी पछिल्लो समय सबैको रोजाईमा पर्ने गरेको छ ।नियमितभन्दातिहारमा ढाका टोपिको व्यापार दश गुणा बढि हुने व्यापारीहरुको अनुभव छ ।

नेपालीबजारमा ५० रुपैयादेखि पाँचहजार मुल्य पर्नेसम्मका ढाका टोपिउपलब्ध छन । तिहार ढाका टोपिकालागिनियमित ढाकाका पसलमात्रनभई तिहारलाई मात्रलक्षित गरेर फुटपाथमा ढाका टोपि बेच्न बसेका व्यापारीले समेत राम्रो व्यापार गर्ने अवसर हो । ढाका टोपीको नेपाली समाजमाखास महत्व र अर्थ छ । ढाका टोपीप्रतिहाम्रो भावनात्मक सम्बन्धछ । ढाका टोपि राष्ट्रिय पोशाकको रुपमास्थापित छ । फलत पछिल्लो समय ढाका टोपीको प्रयोग गर्ने प्रचलनसमेत बढेका कारण पनिव्यापार समेत बढ्ने क्रममा छ ।