Breaking

चितवन मेडिकल कलेजको गेटअगाडि शंकास्पद वस्तु भेटियो, पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध

योहो संवाददाता

काठमाडौँ — चितवन मेडिकल कलेजको गेटअगाडि एक शंकास्पद वस्तु भेटिएको छ । अस्पतालको मूल गेटको अगाडि बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । त्यहाँ राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन ।

डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको छ । शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्र त्रास पैदा भएको छ । सीसीटीभी फुटेज निकालेर हेर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि पूर्वपश्चिम जाने सवारी साधनलाई डाइभर्ट गरेर पठाइएको प्रहरीले जनाएको छ ।