काठमाडौँ — आजयमपञ्चकअर्थात तिहारको तेस्रो दिनऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवीलक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजापर्व मनाइएको छ । यो वर्षतिथिमिति घटबढभएकाकारण कुकुर तिहारसँगै लक्ष्मीपुजागरिएको छ ।घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीभित्¥याउने परम्परा रहिआएको छ ।
सफासुग्घर र लिपपोत गरिएको घरमालक्ष्मीले बास गर्छिन् भन्ने मान्यता सहितआजबिहानै देखि घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीभित्¥याउने प्रचलन छ । घरको झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङल सबै स्थानमा सरसफाइ गरी दीपावलीगरिन्छ ।
साँझआँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजागर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइलाबनाई लक्ष्मीआउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामादीपप्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।घरका झ्याल ढोका साथै पानी सार्न प्रयोगगर्ने गाग्रीलोटामा फूलकामालालगाएर सिगार्ने गरिन्छ ।दियोमा तेल राखेर बत्तीबाल्नु नै वैदिक परम्परा लक्ष्मीपुजापर्वलाई दीपमालिकासमेत भन्ने गरिन्छ ।
दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ भन्ने जनविश्वास छ । सामान्तयदिउँसो गाईको पुजा र बेलुकालक्ष्मीपुजागर्ने परम्परा रहे पनि यो वर्ष तिथिमिति घटबढका कारण कुकुर तिहारकै दिन देवीलक्ष्मीको पुजा गरेका छन । घर आँगन सफासुघ्घर राखीलक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।
त्रेतायुगमाभगवानश्रीराम, लक्ष्मण र सीताचौध वर्ष वनबास पूरा गरेर घर फर्किदाकात्तिकमहिनाको कृष्ण पक्षको औंसी थियो । यो अँध्यारो रातमा घर फर्किएकाश्रीराम, लक्ष्मण र सीताको स्वागतार्थ अयोध्यावासीले प्रत्येक पाइलामा पंक्तिबद्ध रुपमादियो जलाएकाथिए । त्यही बेलादेखि दियो बाल्ने प्रचलन सुरु भएको पौराणणिक कथन छ । अर्कोतर्फ यसरी दियो बालेर घरलाई उज्यालो बनाइरहँदामातालक्ष्मी प्रसन्न हुने ,घरमा सुख, शान्ति र समृद्धि भित्रिनेजानकारहरु बताउँछन ।
अँध्यारोमालक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमादीपावलीगर्ने पुरानो चलनहो । लक्ष्मीपूजाकादिन घरमालक्ष्मीको बास भएवर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मीपूजा सकेपछि घरघरमाहर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।
प्रतिक्रिया