काठमाडौँ—ललितपुरको जावलाखेल खेल मैदानमा १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जारी छ । प्रर्दशनीमा अवलोकनकर्ताहरुले भने विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिएको गुनासो गरेका छन् । ललितपुरको जावलाखेल खेल मैदानमा कार्तिक ३ गतेदेखि १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी राखिएको छ । तर विदेशबाट ल्याइएको फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरुले गुनासो गरेका छन ।
काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यस वर्ष विगतको तुलनामा ३० प्रतिशत भन्दा धेरै फूलको मूल्य महंगो समेत पर्न गएको छ । फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको अवलोकनकर्ताहरुले बताएका छन ।त्यस्तै व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । यद्दपी नेपाल फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको र त्यसमा सरकारले सहयोग गर्नुपर्ने उनीहरु बताउँछन । मेलाले ग्राहकहरुलाई पएकै ठाउँमा रोजिरोजि फूल किन्न पाउने अवसर प्रदान गरेको व्यवसायीहरु बताउँछन ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको पाँच दिनमा करिव २० लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।
प्रतिक्रिया