काठमाडौँ— चिनियाँ कम्युनिस्ट पार्टीले अबको पाँच वर्ष चीनमा शासन गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिमा सीलाई चयन गरेको भोलिपल्ट मन्त्रिपरिषद्को कुनै अनुभव नभएका लीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै सी थप शक्तिशाली बन्ने तयारीमा रहेको लख काटिएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट तेस्रो कार्यकालका लागि पुनः शक्तिमा आएका छन्, सी जिनपिङ । तेस्रोपटकका लागि नेतृत्वमा आएसँगै सीले आफ्नो नयाँ समूह चयन गरेका छन् ।सीको आगमनसँगै गठित ७सदस्यीय स्थायी समितिलेचीनको नयाँ प्रधानमन्त्रीका रुपमा ली चियाङलाई चयन गरेको छ ।प्रधानमन्त्री ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि आइतवार नयाँ प्रधानमन्त्रीको घोषणा भएको हो ।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट प्रधानमन्त्री ली सहित चार जना नेताहरू बाहिरिएका थिए। हरेक पाँच वर्षमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट पार्टी महासचिव सँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य रहेको पोलिटब्यूरो चयन हुने गर्छन् । विगतको अभ्यास तोड्दै राष्ट्रपति सी जिन्पिङ तेस्रो कार्यकालका लागि पार्टी महासचिवमा छानिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिको बाँकी सदस्यमा भने झाओ लेजी, वाङ हुनिङ, साई ची, दिङ सियासियाङ र ली सी चयन भएका छन् । यस महाअधिवेशन बाट वाङ मात्रै दोहोरिएका हुन् भने प्रधानमन्त्री ली सहित चार जना नयाँ सदस्य चयन भएका छन् । राष्ट्रपति सीसँग निकट मानिने ६३ वर्षीय ली सचिवालयमा प्रमुखको रूपमा काम गर्थे, चिनियाँ मन्त्रिपरिषद्को कनै अनुभव नभएका लीलाई एकै पटक प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । अनुभवबिनै प्रदेश वा नगरको जिम्मेवारीबाट सिधै प्रधानमन्त्रीमा बढुवा हुने ली चियाङ चीनका पहिलो अधिकारी हुन् ।मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली आफ्नो अधिकार प्रयोगका लागि राष्ट्रपति सीमा निर्भर रहनुपर्ने भएका कारण पनि सि ले लि मार्फत आफ्नो ५ वर्षको कार्यकालमा सक्तामा आफैले नेतृत्व गर्ने देखिन्छ ।
लीको बढुवाले चिनियाँ राजनीतिमा महत्त्वपूर्ण पुनर्संरचनाका साथै राष्ट्रपति सीमा थप शक्ति केन्द्रीकृत भएको देखाएको छ।आफ्नो नयाँ टोली सार्वजनिक गरेपछि सीले चीनको विकाशका लागि विश्व चाहिने र विश्वका लागि पनि चीन आवश्यक पर्ने बताए । सीले डो¥याएको बाटोका कारण विश्व अर्थतन्त्रबाट चीन एक्लीएको चिन्ताबीच विश्वबाट अलग भएर चीनको विकाश हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता पर्छ, सीले भने । आफूहरू आत्मविश्वासका साथ अघि बढिरहेको भन्दै उनले चीनलाई आधुनिक समाजवादी देश बनाउने वाचा गरे । तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका सी जिन्पिङ भविष्यमा कुनै राजनीतिक उतार चढाव आएर पदबाट हटाइएको अवस्थामा बाहेक आफूले चाहेसम्म पदमा रहिरहन सक्छन् । कम्युनिस्ट पार्टीको केन्द्रमा सी लाई निरन्तरता बाहेक यो महाधिवेशनले अरू कुनै निर्णय लिने अपेक्षा कसैले गरेका थिएनन् ।
प्रतिक्रिया