Breaking

थप ४१ जनामा कोभिड संक्रमण पुष्टि

योहो संवाददाता

काठमाडौँ— नेपालमा थप ४१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ सय ४५ पिसिआर परीक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ५९ संक्रमित कोभिड मुक्त भएका छन् । आइतबार पनि कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।