काठमाडौँ — भारतमा जासुसीको आरोपमा एक जना चिनियाँ महिला पक्राउ परेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले बिहीबार काइ रूओ नामकी ती महिलालाई उत्तरी दिल्लीको मञ्जुका तिला क्षेत्रबाट पक्राउ गरेको हो। उनी त्यहाँको एक तिब्बती शरणार्थी शिविरमा बस्दै आएकी थिइन् ।
चीनको हैनान प्रान्तकी ती महिला नेपाली नागरिकका रूपमा भारतमा सन् २०१९ देखि बस्दै आएकी थिइन् । उनी भिक्षुको पोशाक लगाएर हिँड्थिन् । भारतका विभिन्न मन्त्रालय र विभागका आसपासमा ती महिलाका शंकास्पद गतिविधि देखिएपछि उनलाई पक्राउ गरिएको उल्लेख गरिएको छ । उनी जासुस रहेको आशंका गरिएको छ ।
उनले के(के सूचना संकलन गरेकी थिइन् भन्ने खुलिसकेको छैन । पक्राउ परेकी उनीबाट नेपाली नागरिकता बरामद भएको छ । नागरिकतामा उनको नाम डोल्मा लामा लेखिएको छ । दिल्ली प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया