Breaking

पूर्व निर्वाचन आयुक्तहरुको आक्रोश ः गठवन्धन गरेर नेताहरुले लाज पचाए, मतदातालाई अन्याय


काठमाडौँ — संविधान सभा देखि प्रतिनिधिसभा तथा स्थानीय तहको निर्वाचन गरिसकेको अनुभव संगालेका प्रमुख निर्वाचन आयुक्तहरुले चुनाव जित्नकै लागि दलहरुको गठवन्धन प्रवृत्ति विकास भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मतदाताहरुको स्वतन्त्र उम्मेदवार चयन गर्ने अधिकारमाथि अंकुश लगाउन खोजीएको उनीहरुको निकर्ष छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । बुधवार टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताए ।

उनले राजनीतिमा गठबन्धन स्वभाविक भएपनि मतदान अघिको गठबन्धनले भने मतदातलाई अपm्ठ्यारो पार्ने बताए । उनले दलहरुले उम्मेदवारीमा महिला, दलित, जनजाति, अल्पसंख्यक लगायतको सहभागीलाई कम गराएर सो समुदायप्रति अन्याय गरेको पनि बताए ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निर्वाचनको विधि र प्रविधिमा पनि सुधार गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरुले गठबन्धन गर्नाले मतदाताको विवेकमा समेत प्रभाव पारेको बताए । मतदातालाई बाध्यात्मक स्थिति सिर्जना गरेर मतदान गराउनाले बहुदलीय व्यवस्था बलियो हुन नसक्ने बताउदै उप्रेतीले निर्वाचनमा सुरक्षा व्यवस्था दिनानुदिन कडा गर्दै लानुपर्ने स्थिति आएको धारणा राखे ।

उनले निर्वाचन सम्बन्ध गराउन निर्वाचन आयोग र कर्मचारीहरु सक्षम रहेको बताएका छन् । आयोगले जारी गरेको आचारसंहीता उपयुक्त भएपनि कार्यान्वयनको पक्ष भने कमजोर रहेको उनको धारणा रहेको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन खर्च घटाउने तथा निर्वाचनको कामलाई आधुनिकिकरण गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

गठवन्धनको बलियो रस्साकस्सी अघिल्लो प्रतिनिधिसभाको निर्वाचनबाटै मौलाएको थियो । यसो गर्दा दलहरुले मतदाता माझ आफूहरुलाई एकल प्रस्तुत गर्न सकेका छैनन् । भने मतदाताहरुले जबरजस्ती सिमितउम्मेदवाहरुलाई मत दिन विवश बनेका छन् ।