काठमाडौँ — सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिवन्ध लगाएको छ । तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेकोथियो । यसपटमा फुल उत्पादनमा थप वृद्धि भएपछि सरकारले आयातमा रोक लगाइएको हो । स्वदेशमैसयपत्री फुलले धान्न सक्ने अवस्था भएपछि सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिवन्ध लगाएको छ ।
तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्दै आएको थियो ।१५ प्रतिशत सयपत्री फूल आयात हुदै आएकोमा यसपटकदेखि भनेसरकारले रोक लगाएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले नेपाल अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको बताएको छ । तिहारमा सयपत्रीको माग आन्तरिक उत्पादनले धान्न सक्ने अवस्था आएपछि रोक लगाइएको बताइएको छ ।सयपत्री फूलको उत्पादनले ग्रामिण क्षेत्रमा भने शत प्रतिशत नै धान्ने गरेको छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउनसके विश्वका सबै प्रकारका फूलहरु नेपालमा नै उत्पादन गर्न सकिने बताए । उनले पुष्प व्यवसाय मुलुकमा आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताए । पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्था रहेको भन्दै फूलको निर्यातबाट अर्थतन्त्रलाई सवल बनाउन सकिने उनको भनाई छ ।
त्यस्तै कलाकार हरिवंश आचार्यले मुलुकमा पुष्प व्यवसाय आत्मिनिर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले मुलुक पुष्प व्यवसायमा आत्मनिर्भर भएर मात्रै भएर नहुने बताए । नेपाली वनजङ्लमा फूलेका राम्रा फूलहरुलाई व्यवसायीकरण गर्न सकियो भने पुष्प व्यवसायमा ठूलो योगदान दिनसक्ने उनको भनाई छ ।
पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायीक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ ।
गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने बताएको छ । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।
प्रतिक्रिया