देश

डलरको भाउ उच्च बिन्दुमा पुग्यो

योहो संवाददाता

काठमाडौँ—अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। जसले गर्दा नेपाली मुद्रा थप कमजोर बन्दै गएको छ।

करिब १ महिना अगाडि अमेरिकाको केन्द्रीय बैंक (फेडेरल रिजर्भ फेड) ले ब्याजदर बढाएसँगै डलरको भाउ उच्च हुँदै गएको हो। आज अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कार्तिक २ गते १ अमेरीकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ८ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४८ पैसा रहेको थियो। बिहीबार एकै दिन डलरको मूल्य १ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ।