विदेश

बेलायतमा ट्रस नेतृत्वको सरकार संकटमा


काठमाडौँ— बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन् ।योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ ।

राजीनामा पत्रमा ब्रेभरम्यानले नियमहरूको प्राविधिक उल्लङ्घनु भएको स्वीकार गर्दै गल्ती स्वीकार गरेको र राजीनामा गर्ने बताएकी हुन् । उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।

आफ्ना नीतिका कारण आलोचनाको शिकार भइरहेकी प्रधानमन्त्री ट्रस गृहमन्त्रीको राजीनामापछि थप दबाबमा आएकी छन् ।