काठमाडौँ — नेत्रविक्रम चन्द ‘विप्लव’ले अब आफ्नो नाममा थपघट गर्ने भएका छन् । उनी मात्रै होइन, उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध सबैले आफ्नो नामका पछाडि अनिवार्य रुपमा ‘सी’ लेख्नुपर्ने छ । जसलाई विप्लवले ‘कम्युनिष्ट साम्यवादी’ नयाँ जाति निर्माण गरेको रुपमा अथ्र्याएका छन् । कपिलवस्तुको शिवगढीमा २५ असोजदेखि जारि उनको पार्टीको नवौं महाविधेशनलाई बुधबार समापन गर्ने क्रममा विप्लवले यस्तो प्रस्ताव गरेका थिए । महाधिवेशन हलले उनको प्रस्ताव अनुमोदन समेत गरेको थियो ।
‘हामीले यो महाधिवेशनबाट नयाँ दृष्टिकोण मात्रै होइन, एउटा नयाँ जाति निर्माण गरेका छौं,’ उनको दाबी छ, ‘कम्युनिष्ट साम्यवादी एउटा जाति निर्माण गरेका छौं । र, सबैले आफ्नो नामका पछाडि अनिवार्यरुपमा ‘सी’ लेख्ने छौं । म यो कुरा सगर्व घोषणा गर्दछु, अब विप्लव नेत्रविक्रम चन्द होइन विप्लव ‘सी’ हुने छ ।’ विप्लवले गर्न खाजेको प्रयोग नयाँ भने होइन । कम्युनिष्यहरुले आफ्नो थर जनाउने नामलाई धेरै प्रयोग नगरि उपनामबाट आफूलाई चिनाउने गर्छन । माओवादी सशस्त्र युद्धका बेला पनि यो अभ्यास गरेको थियो ।
प्रतिक्रिया