Breaking

पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमित


काठमाडौँ — देशभर पछिल्लो समय १ हजार ५१० जनामा कोरोना परीक्षण गर्दा थप ४६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १७ जना कोरोनामुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।

हाल देशभर ७३६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।