काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ । सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारहरुले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गर्नुभयो ।
उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरुलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभयो । सम्बन्धित उम्मेदवारले व्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिन्हको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहीतामा उल्लेख भएकाले सोही अनुरुप काम गर्नपनि आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले कुनैपनि बहानामा भोजभतेर गराउन नपाइने बताउनु भयो । उहाँले खेलकुद, पुरस्कार वितरण लगायतका कार्यक्रमहरुमा राजनीतिक आवद्धता देखाउनु नहुने पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘कुरा उठ्यो, तुल, ब्यानर लगायतका कुराहरु व्यापक रुपमा दुरुपयोग भइरहेको छ । आचारसंहीता उल्लंघन भइरहेको छ । यसमा सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिने ।
नहटाएमा त्यो हटाउन लगाउने र हटाउन लागेको खर्च सम्बन्धित उम्मेदवारहरुबाट भराउने भन्ने कुरापनि आचारसंहीतामा उल्लेख छ । कसैले जिम्मा लिएन, मैले गरेकै होइन भन्यो भनेपनि अस्ति आयोगले के निर्णय गरेको छ भने जुन उम्मेदवारको निर्वाचन चिन्ह प्रयोग भएको छ । त्यही उम्मेदवारले त्यो टाँसेको हो भनि मानि त्यसलाई हटाउन लगाउने र कारबाही गर्ने । किनभने अर्काले अर्को उम्मेदवारको प्रचारप्रसार त पक्कै गर्दैन ।
त्यो हिसावले पनि आयोगले लिएको छ । त्यो विषयलाई तदनुरुप नै यहाँहरुले कार्यसम्पादन गर्नु हुनेछ । सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहीतामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताउनु भयो ।
उहाँले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदापनि आचारसंहीता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताउनु भयो । उहाँले प्रमुख जिल्ला अधिकारीलाई अपm्ठ्यारो परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्नपनि अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘कुनैपनि कर्मचारीले उम्मेदवारको पक्ष, विपक्षमा मत जायर गर्न, लाइक, कमेन्ट, सेयर गर्न पाइँदैन भनेर निर्णय पनि गरिसकेको छ । विज्ञप्तीमार्फत जानकारी पनि गराइसकेको छ । तसर्थ प्रमुख जिल्ला अधिकारीहरुलाई म के आग्रह गर्न चाहन्छु भने त्यस्तो भेटिएमा तुरुन्त त्यो कार्य रोक्न लगाउने, सम्बन्धित कार्यालय प्रमुखलाई त्यो कर्मचारी उपर तत्काल कारबाही गर्न लेखि पठाउने, कार्यालय
प्रतिक्रिया