काठमाडौँ —पार्टीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा अघि सारेपछि नेपाली कांग्रेसका नेता प्रदीप पौडेल काठमाडौं–५ मा चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै गएका छन् । उनी चुनावी प्रचारप्रसारलाई तीव्र रुपमा अघि बढाउन थालेका हुन् ।
काठमाडौं जिल्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका अन्य नेताहरुले चुनावी अभियान थाल्दै पौडेलले काठमाडौं–५ मा घरदैलो सुरु गरिसकेका छन् । घरदैलो अभियानका क्रममा सोमबार उनले काठमाडौं महानगरपालिका–४ मा पर्ने रिङरोड बाहिरको क्षेत्रमा घरदैलो गरेका छन् । नेता पौडेल देउवा गायक नन्दकृष्ण जोशीलाई साथमा लिएर उक्त क्षेत्रमा मतदाता भेटघाट गरेका छन् ।
पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट मतदाता भेट्घाट सुरु गरेका हुन् । काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।
प्रतिक्रिया