देश

शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सहायता गर्दै


काठमाडौँ— ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरुउपलब्ध गराएको छ ।शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ ।

कार्यक्रमबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाज्युले “हामी सँधै हामीले काम गरेको समुदायको उत्थान गर्ने कुरामाविश्वास गर्छौं । व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वको बारेमाहामी सचेत छौं । चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने यो भन्दा राम्रो अवसर अरु के होला । विद्यार्थीहरूसँग समय बिताउनपाउनु हाम्रो लागि एउटा फरक अनुभवथियो। अप्ठेरोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने विश्वास रहेको बताउनुभयो ।

शाओमी नेपालले आफ्नो समुदायमा सेवाप्रदान गर्नका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ । विद्यार्थीहरूसंग समय बिताई शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएशनका विद्यार्थीहरूलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाज्युले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए । शाओमी नेपालले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागिहर्मोनियम, धिमे, सारंगी र तबला जस्ता सांगीतिकयन्त्रहरू उपलब्ध गराएको छ।

शाओमी नेपालले समाजप्रतिको आफ्नो जिम्मेवारीबारे सचेत एक परोपकारी व्यवसायिक संस्था हो । शाओमी नेपालले समाजमा केहि सकारात्मक गर्ने र खुशी फैलाउने कुरामा दृढ विश्वास गर्दछ । विगतका दिनहरुमा पनि शाओमी नेपालले धेरै कल्याणकारी कार्यक्रमहरु आयोजनागर्दै आएको छ र भविष्यमापनि यस्ता कार्यक्रमहरु आयोजना गरि रहनेछ ।