देश

नेप्सेमा नौ अंकको गिरावट


काठमाडौँ— सेयर बजार मापक नेप्से परिसूचक नौ दशमलव ६९ अंकले घटेर १८ सय ६० दशमलव ९४ बिन्दुमा आइपुगेको छ। सेयर बजारमा आइरहेको निरन्तर गिरावटले नेप्से सूचक १८ सयको टेवा परीक्षण गरिरहेको छ। त्यस्तै, आइतबार ‘क’ वर्ग कम्पनीकहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ७२ अंकले घटेको छ।

कारोबारमा आएका १३ समूहको सूचकमध्ये वाणिज्य बैंक र उत्पादनमूलक समूहको सूचक बढेका छन्। बैंकहरूले लाभांश प्रस्ताव गर्न थालेका छन्। जसको प्रभावले पनि बैंकको सेयरमूल्यमा सुधार आएको हो। अन्य ११ समूहका सूचक भने घट्न पुगेका छन्। त्यस्तै, धितोपत्र र ऋणगरी कारोबारमा आएका दुईसय २१ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ८० करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।

सर्वाधिक सेयर किनबेच एभरेष्ट बैंकको भएको छ । बैंकको आठ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ भने दास्रो कारोबार हुने कम्पनीमा गरिमा विकास बैंक रहेको छ । हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र रिडी पावर कम्पनीको दुई करोड रुपैयाँदेखि चार करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। घटेको बजारमा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

स्ट्यान्डर चार्टर्ड बैंक, एभरेष्ट बैंक नेपाल एसबिआइ बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य तीन प्रतिशतदेखि सात प्रतिशतसम्मले बढेको छ।