काठमाडौँ— निर्वाचन आयोगले पठाएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइपुगेको छ ।
आयोगले शनिबार ५ लाख ३० हजार मतपत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ती मतपत्र बुझेर सुरक्षित राखिएको छ । निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालले १ लाख ३१ हजार प्रनिनिधिसभा, प्रदेशसभा १ मा ६६ हजार र प्रदेशसभा २ मा ६८ हजार मतपत्र बुझेर सुरक्षित राखिएको बताए । उनका अनुसार प्रदेशसभा १ का उम्मेदवारलाई परिचयपत्र समेत प्रदान गरिसकिएको छ ।
आयोगले छपाइ गरी पठाएको मतपत्र सुरक्षा स्थानीय प्रशासनमार्फत प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । नुवाकोटमा २ लाख ३९ हजार मतदाता, १ सय ३२ मतदानस्थल र २ सय ८८ मतदान केन्द्र छन् ।
प्रतिक्रिया