बैँक / वित्त

सुन र चाँदीको मूल्य घट्यो


काठमाडौँ – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ६ सयमा आइपुगेको छ ।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।