काठमाडौँ — नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफ क्लब विजयी भएको छ । वालिङमा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० को फराकिलो अन्तरले पराजित गरेको हो । एपीएफलाई जिताउन सावित्रा भण्डारी एक्लैले ५ गोल गरिन् भने सरु लिम्बुले ह्याट्रिक । गरिन
खेलको ५ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी सावित्राले १३ औं, १८ औं, ४५ औं र ५२ औं मिनेमा गोल गरिन् । यस्तै सरुले १९ औं, ३६ औं र ४८ औं मिनेटमा गोल गरिन् । अनिता केसी र रबिना गोलेले २–२ तथा प्रिति राई, सविता राना, मनमाया लिम्बु, गिता रानाले १–१ गोल गरे ।
प्रतिक्रिया