कोरोना विशेष

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौ—नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६९ पिसिआर परीक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने २६ संक्रमित निको भएका छन्।

हाल नेपालमा ६ सय ३८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।