देश

करणी गरि फरार भएको युवा पक्राउ


काठमाडौँ— जिल्ला प्रहरी कार्यालय उदयपुरले सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार भएका एक युवा पक्राउ परेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे बस्ने २० वर्षीय दर्पण पञ्जियार थारु लाई प्रहरीले पक्राउ गरेको हो । गत आइतबार करणी गरी फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डीएसपी राकेशकुमार पोदारले जानकारी दिए ।

आरोपित थारूलाई इलाका प्रहरी कार्यालय बेल्टारले थप अनुसन्धान थालेको जनाएको छ ।