काठमाडौँ – अमेरिकामा एक पुलिस अफिसरसहित पाँच जनाको गोली हानी हत्या भएको छ ।
बिहीबार साँझ उत्तरी क्यारोलिना राज्यमा भीडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको हो । घटनामा दुई जना घाइते भएको क्यारोलिना राज्यका मेयर मेरीएन बाल्डविनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले गोली प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । अमेरिकामा बन्दुकधारीको आक्रमणबाट हरेक वर्ष ठूलो संख्यामा नागरिकको ज्यान जाने गरेको छ ।
प्रतिक्रिया