Breaking

जसपाले दियो तेस्रो लिंगीलाई अवसर, राधामौसी विजयी हुने सम्भावना कति ?


काठमाडौँ — देशभर प्रदेश सभाकालागिहुने निर्वाचनमा ३ हजार ४ सय ३६ जनाउम्मेदवारहरु चुनावीप्रतिस्पर्धामा छन् । यीमध्ये ३ हजार १ सय ३९ जनापुरुष र २ सय ९६ जनामहिलाहरु रहेका छन् ।उनीहरूको बिचमाएकजना तेस्रो लिंगीउमेदवार पनिचुनावीप्रतिस्पर्धामा सहभागीछिन् । सर्लाहीको निर्वाचन क्षेत्र न–२ (ख) बाट तेस्रो लिंगी राधामौसीको नामले प्रसिद्ध महेन्द्र साह तेलीप्रदेश सभा सदस्यको लागिउमेदवारी दिएकी छिन् ।

उनलाई नेपालजनता पार्टीले लैगिंकतथा यौनिकअल्पसंख्यक समुदायबाट मधेश प्रदेश सभाकालागिउम्मेदवार बनाएको हो ।सर्लाहीको सदरमुकाममलंगवानगरपालिका वडा न–९ निवासी राधामौसीले यसअघि २०७४ सालको स्थानीयचुनावमामलंगवानगरपालिकाको मेयर पदकालागि स्वतन्त्रउम्मेदवारी दिएकीथिइन् ।

उक्तचुनावमाउनी पराजितभएकीथिएन् । दोस्रो पटक पनि सोही ठाउँबाट स्थानीयनिर्वाचनमाउमेदवारी दिने तयारी गरिरहँदामतदाता नामावलीबाट उनको नामकरिब ४० वर्षदेखि स्थायीबसोबास रहेको मलंगवानगरपालिकाको वडा न–९ बाट काटेर हरिपुर्वा नगरपालिकाको वडा न– ६ माउल्लेख गरिएकोले उमेदवार बन्नबाट बन्चितहुनुपरेको थियो ।

स्थानीयजनताको माझलोकप्रिय र चुनाव समेत जित्न सक्ने प्रवल सम्भावना रहेको भएपनिजिल्लानिर्वाचनकार्यालयको लापरबाही र केहीविरोधीहरुको षड्यन्त्रका कारण राधामौसीलाई स्थानीयनिर्वाचनमाउमेदवार बन्नबाट बन्चितहुनुपरेको थियो।
उनलेआफुलाई समाजसेवीको रुपमाचिनाउँदै आएकी छिन् ।

नागरिकतामाउनको लैगिंकपहिचानपुरुष लेखिएको छ । तर, उनीआफूलाई महिलाभनेर चिनाउँछिन् ।सबैको सुख दुःखमा सहभागीभएर सहयोग गर्दै आएकोले गर्दा ठुलो सानो सबै वर्गकाहरुले आफुलाई माया गरेर राधामौसी भनेर सम्बोधनगर्ने गरेको उनले बताइन् । मलंगवामामात्रनभईजिल्ला भरी र भारतमापनिउनी राधामौसीको नामले प्रख्यात छिन् ।जनताको मन मनमा बसेकोले प्रदेश सभाको चुनावमाआफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ ।

राधामौसीलाई चुनावी मैदानमाउतार्ने नेपालजनता पार्टीका सर्लाहीजिल्लाउपाध्यक्ष रबिन्द्र रायकाअनुसार सर्लाहीमाउनको लोकप्रियताका कारण हाम्रो पार्टीले टिकट दिएको हो ।जनता पार्टीले कसैमाथि भेदभावनगर्ने उनको भनाइ छ । संविधानको धारा ४२ ले समानुपातिक समावेशी सिद्धान्तका आधारमा लैङ्गिकतथा यौनिकअल्पसंख्यकव्यक्तिलाई राज्यकानिकायमा सहभागिताहुने व्यवस्था गरेको छ । संविधानले नै प्रत्याभूत गराएको हकपनिदलहरुले दिएका छैनन् ।

लैगिंकतथा यौनिकअल्पसंख्यकव्यक्ति न प्रत्यक्षचुनावी मैदानमा भेटिन्छन् न दलहरुको समानूपातिक सूचीमा नै भेटिन्छन् । यस चुनावमाआफ्नो लैंगिकतथा यौनिकपहिचानखुलाएर उम्मेदवारी दिने महेन्द्र साह तेली राधामौसी पहिलो व्यक्तिहुन् ।निर्वाचनआयोगको तथ्यांकअनुसार देशभर १ सय ८५ जनामध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै ७० जना यौनिकतथा लैगिंकअल्पसंख्यकभनेर चिनाउने मतदाताहरु रहेका छन् ।