काठमाडौँ — एक दशक अघि देखि युरोपेली युनियन(इयू)ले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै नेपालको हवाइ क्षेत्रलाई कालोसूचीमै राखेको छ।जसका कारण नेपालको हवाइ क्षेत्र प्रभावितहुँदै आएको छ । तर, करिव १० बर्ष पछि इयु को प्रतिनिधिको अध्ययनले नेपालीउड्डयन क्षेत्रमाअपेक्षाभन्दा बढी सुधार भएको निस्कर्षनिकाले पछि कालोसूची हट्ने अपेक्षा गरेको छ । युरोपेली युनियन(इयू)ले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै नेपाललाई कालोसूचीमै राखेको छ।
एक दशक अघि राखेको कालोसूचीबाट उम्किन नेपालले अधिकतमप्रयास गर्दै आएको छ । तर तीप्रयास यो पटक पनिनिरर्थक भएको छ । इयूले उडान सुरक्षा क्षेत्रमाप्रगति गरेपनिनियामकनिकायले उडान सुरक्षामा सुदृढीकरण नगरेको जनाउँदै कालोसूचीमै राखेको हो । नेपालसँगै १५ मुलुककालोसूचीमा छ ।
कालोसूचीमा राख्दा १५ मुलुकका ९७वायुसेवाकम्पनीले युरोप उडान गर्न पाउँदैनन् । नेपालनागरिक उड्डयनप्राधिकरणका महानिर्देशकप्रदीपअधिकारी अघिल्ला नेतृत्वले प्राधिकरण विभाजनगर्ने राजनीतिक निर्णय लिँदा नेपालको हवाई उड्डयन युरोपेलीयुनियनको कालोसूचीबाट हट्न नसकेको स्किार्छन् । प्राधिकरणका नेतृत्वहरु नागरिक उड्डयन प्राधिकरण टुक्रेपछि इयूको कालोसूचीबाट हट्ने प्रचार गरेर आफू अनकुलको विधेयकबनाउँदै गएको आरोप उनको छ ।
युरोपियनयुनियन (इयु) को प्रतिनिधिको अध्ययनले नेपालीउड्डयन क्षेत्रमाअपेक्षाभन्दा बढी सुधार भएको निस्कर्ष निकालेकोले यहीप्रतिवेदनकाआधारमा चाडै कालोसूचीबाट हट्ने उड्डयनप्राधिकरण अपेक्षा छ । आगामी नोभेम्बरमा युरोपियनयुनियनकाउन्सिलको बैठक बस्ने भएकाले त्यो बेलामा नै कालोसूचीबाट हट्नसक्ने विश्लेषण पनि भैरहेको छ ।
अहिले इयूको टोलीले नेपालको हवाई उड्डयन स्थलगतनिरीक्षण गरेर फर्कीसकेको छ । नेपालको हवाई उड्डयन सुरक्षामाजोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपालीवायुसेवालाई गम्भीर सुरक्षाचासोको सूचीमा राखेको थियो । पछि सन् २०१७मा नेपालले प्रगति गरेको भन्दै आइकाओले असुरक्षा सूचीबाट हटाएको थियो ।
अहिले एशियाप्रशान्त क्षेत्रको ग्लोवलहवाई सुरक्षादर ६७पुगेको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७० दशमलव एक प्रतिशतअंकपाएको थियो । इयूले उठाएका सुरक्षाचासोको विषय सम्बोधनभइसकेको र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपालइयूको असुरक्षा सूचीबाट हट्ने अपेक्षा रहेको छ ।
प्रतिक्रिया