Breaking

प्राकृतिक प्रकोपबाट साढे दुई वर्षमा कतिले गुमाए ज्यान ? विपद् संवेदनाहीन विकासले प्राकृतिक प्रकोप


काठमाडौँ — विपद् जोखिम न्यूनीकरण स्थापना भएको तीन वर्षको तुलनामा नेपालमा प्राकृतिक प्रकोपबाट मृत्युवरण गर्नेहरुको संख्यामा कमी आएको छ । भूगोल र विपद् संवेदनाहीन विकासले ल्याउने यस्ता प्रकोपबाट बच्न पर्याप्त लगानीको आवश्यक रहेको देखिन्छ । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखलाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । आज विश्वभर यो दिवस मनाइरहदा ‘प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि औपचारिक कार्यक्रम गरेर नै मनाइयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार तीन वर्षको तुलनामा प्रत्येक वर्ष प्राकृतिक प्रकोपबाट हुनेको संख्या घट्दै गएको छ ।

२०७७ साल देखि हालसम्म १ हजार ३ सय ६१ जनाको प्राकृतिक प्रकोपबाट मृत्यु भएको तथ्यांक प्राधिकरणसँग छ । २०७७ सालमा ५ सय ९१ ले ज्यान गुमाउदा ०७८ मा ४ सय ९० जनाको मृत्यु भएको थियोे । नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ८० जनाले ज्यान गुमाएका छन् । ५ सय ९८ जना घाइते भएको तथ्याङ्क छ । सबैभन्दा बढी पहिरो, चट्याङ तथा आगलागीबाट १ सय ९९ जनाको मृत्यु भएको छ भने बाढी र पहिरोमा परेर ३७ जना बेपत्ता भएका छन् ।

प्राकृतिक प्रकोपसँग जुध्न नसके पनि पूर्वतयारी तथा सावधानी अपनाएर क्षतिलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । विपद्का बेला मानवीय क्षतिसँगै राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काममा ठूलो धन खर्च हुँदै आएको पनि त्यो अझै अपर्याप्त नै भएको विज्ञको दावी छ ।

मानवीय क्रियाकलाप, जलवायु परिवर्तन लगायतका कारणले प्राकृतिक प्रकोपको जोखिम अझ बढ्दो छ । नेपालमा बाढीरपहिरो, हिमपहिरो तथा भूकम्पको जोखिम उच्च छ । पहाडी भागमा पहिरो र भूक्षय तथा तराई र चुरे क्षेत्रमा बाढी, खडेरी, आगलागीको जोखिम छ । प्रकृतिक प्रकोप हुनुको कारण मानवीय क्रियाकलाप सँगै नेपालमा हुने विकासको मोडालिटीलाई लिने गरेको छ । विपद् संवेदनाहीन विकासले प्राकृतिक प्रकोप निम्याउन ठूलो भूमिका खेलको छ ।

२०७२ सालको भूकम्पमा परि नेपालमा झन्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदालगायतमा क्षति पुगेको थियो । सन् १९८९ को राष्ट्र सङ्घ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरण बढाउने उद्देश्यले दिवसको सुरुवात गरेको थियो ।