देश

दीपावली लक्षित कुकुरसहित प्रहरी चेकिङमा


काठमाडौँ— बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले तयार गरेको चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा बुधबार कमलामाई नगरपालिका १४ चन्दनपुरमा कुकुर सहितको प्रहरी चेकिङ गरिएको छ ।

विशेष गरी दीपावली तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विस्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त चेकिङ गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर सहित खटिएको प्रहरी टोलीले विस्फोटक पदार्थ, लागु औषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शङ्कित व्यक्तिको चेकजाँच गरेको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विभिन्न राजमार्ग रहेका नाकाहरूमा तालिम प्राप्त सहितको प्रहरी चेकिङ गर्दै आइरहेको छ ।

विजया दशमीको समयमा मकवानपुर र चितवनमा गरिएको उक्त चेकिङ काभ्रे र धादिङ जिल्लाका विभिन्न स्थानहरूमा पनि गरिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।