देश

चितवनमा करेन्ट लागेर गैंडाको मृत्यु


काठमाडौँ — चितवनमा बिहीबार एउटा भाले गैँडाको मृत्यु भएको छ । चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले खैरहनी नगरपालिका—१२ इचर्नीमा करेन्ट लागेर अन्दाजी १०/१२ वर्षको भाले गैंडाको मृत्यु भएको जानकारी दिए । यसअघि साउन ५ मा निकुञ्जको पश्चिम क्षेत्र नवलपुरको अमलटारीमा एउटा डेढ महिनाजतिको पोथी बच्चा गैंडा मृत भेटिएको थियो ।

आमासँग छुट्टिएका कारण उक्त गैंडाको मृत्यु भएको हुन सक्ने तिवारीले बताए । खैरहनीमा करेन्ट लागेर मृत्यु भएको गैंडाको विषयमा अनुसन्धान भइरहेको तिवारीले बताए । ‘खागका लागि गैंडा मारेको जस्तो त देखिन्न । बंगुर फार्ममा बत्ती बाल्न लगेको तारलाई घाँस खाँदै गर्दा चपाएको झैं लाग्छ । थप अनुसन्धान जारी नै छ‚’ तिवारीले भने ।