जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुंगा नगरपालिका–४ का लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो।
बुधबार साँझ ७ बजेको समयमा आगलागी हुँदा २ तले कच्ची घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा र कागजपत्र गरि १५ देखि २० लाख, नगद झण्डै १५ लाख र २० लाख बराबरको घरमा क्षति भएको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूना अधिकारी माधवराज खरेलले जानकारी दिए।
सदरमुकामदेखि ८ किलोमिटर पक्की सडक नजिकै आगलागी हुँदा पनि दमकलको सहज पहुँच नहुँदा आगलागी नियन्त्रणमा आउन सकेन। जिल्लाबाट गएको प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास गरेपनि घर जलेर पूर्णरुपमा नष्ट भएको छ।
प्रतिक्रिया