Breaking

प्रचण्डलाई आयोगको स्पष्टिकरण


काठमाडौँ — निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई स्पष्टिकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टिकरण सोधेको हो ।

सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पायौं’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।’

आयोगस्रोतका अनुसार बुधबार नै यसबारेमा निर्णय भइसकेको छ भने सक्दो छिटो दाहाललाई पत्र पठाउने तयारी समेत भएको छ ।