कोरोना विशेष

थप ५१ जनामा कोरोना संक्रमण


काठमाडौँ— पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् भने हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ८२ पुगेको छ ।