देश

नेप्सेमा दोहोरो अंकको वृद्धि हुदाँ झण्डै ७० करोडको कारोबार


काठमाडौँ—शेयर बजारमा आज दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसुचक ११ दशमलव ३२ अंकले बढेर १८६८ दशमलव ४८ विन्दुमा पुगेको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ५६ अंकले बढेर ३६६ दशमलव १९ विन्दु कायम भएको हो ।

बुधबार नेप्सेको अनुसार २२३ कम्पनीका ६९ करोड १७ लाख ३७ हजार ८९४ रुपैयाँ बराबरको २० लाख ८५ हजार २८४ कित्ता शेयर खरिद विक्रि भएको हो ।