कोरोना विशेष

एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिडविरुद्धको खोप


काठमाडौँ— पछिल्लो २४ घण्टामा देशभर ८८ हजार ६६६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार २२२ जनाको नमूना परीक्षण गरिएको थियो । ५७९ जनाले पीसीआर र १ हजार ६४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २९ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या ९ लाख ८७ हजार ३५३ पुगेको छ । संक्रमण मुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ५७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १८ पुगेको छ ।

हालसम्म ७६ जिल्लामा डेंगु फैलिसकेको मन्त्रालयले जनाएको छ । साउनदेखि यता ३३ हजार ९७५ सम्भावित डेंगु रोगी भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।